लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आज आफ्नो दुई नयाँ शाखा पाल्पाको रामपुर र कौसलटार (भक्तपुर)माशुभारम्भ गरेको छ । आफ्नो सेवाहरु सहज रुपमा पु¥याउने लक्ष्यले बैंकले यो नयाँ शाखा संचालनमा ल्याएकोे हो ।
आर्थीक र व्यापारीक दृष्टिकोणले प्रमुख भूमिका भएको रामपुर बजारमा र कौसलटारमाग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवा प्रादन गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ क्षेत्रमा आफ्नो यो शाखा मार्फत सुविधाजनक नयाँ निक्षेप योजनाहरु र विभिन्न आवधिक तथा बचत निक्षेप सेवाहरुका साथसाथै व्यक्तीगत तथा साना व्यवसाय कर्जा सेवाहरु प्रदान गरी व्यक्तीगत तथा साना व्यवसाय बैंकिङ्ग सेवाको दायरालई फराकिलो पार्दै जाने लक्ष्य लिएको छ ।
लक्ष्मी बैंकको शाखा संजाल अब ५९, २ विस्तार काउन्टर अनि ७९ ए टि एम पुगेको छ । यी शाखाहरुका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ ।
जस अनुरुप देशका विभिन्न क्षेत्रका साना तथा लघु उद्यमी तथा कृषकहरुलाई सरल रुपमा कर्जा प्रवाह गर्नुका साथै वित्तीय सेवा तथा सल्लाह प्रदान गरी उनीहरुको व्यवसाय प्रवद्र्धन तथा वित्तीय व्यवस्थापन कार्यमा ठूलो मद्दत पु¥याएको छ ।
आगामी दिनहरुमा बैंकले अझ धेरै शाखा अनि सेवाहरु देशभरि विस्तार गर्ने लक्ष्य लिएको छ ।
सन् २००२ मा स्थापना भएको लक्ष्मी बैंकले आज आफ्ना शाखाहरु तथा सूचना प्रविधिको माध्यमबाट बृहत स्तरमा सेवा प्रदान गर्न सफल भएको छ । तुलनात्मक रुपमा छोटो इतिहासको बाबजुद पनि रिटेल, कर्पाेरेट तथा ट्रेजरी जस्ता संपूर्ण व्यवसायिक सेवाको क्षेत्रमा सेवा पु¥याउने एक प्रमुख बैंकिङ्ग सेवा प्रदायकको रुपमा बंैक अगाडी आएको छ । उच्चस्तरीय संस्थागत सु–शाषन संस्कार, जोखिम व्यवस्थापन प्रणाली, र सक्षम प्रविधी लगायत उत्तम व्यवस्थापन भएको बैंकको रुपमा लक्ष्मी बैंक नेपालमा सर्वत्र परिचित छ ।
बैंकले करिब ५००+ कर्मचारी मार्फत ३१जिल्लामा आफ्नो सेवा पु¥याएको छ । यस भौतिक उपस्थितिका अतिरिक्त लक्ष्मी बैंक विद्युतिय बैंकिङ्ग सेवाप्रवाहको प्रवर्तकको रुपमा समेत कार्य गर्न सक्षम भएको छ । बैंकले सन् २००२ मा नै पहिलो पूर्ण इन्टरनेट बैंकिङ्ग सेवा संचालन गर्नुका साथै सन् २००९ मामोवाइल बैंकिङ्ग (मोवाइलमनी) सेवा संचालन गरेको हो ।
आ.व. २०७२÷७३मा ४८.१५ अरब निक्षेप र ४०.३५अरब कर्जा पु¥याएको यस बैंकको वासलातको आकार ५५ अरब रहेको छ । सोहि आ.व.मा बैंकले ११५ करोडको हाराहारीमा सञ्चालनमुनाफाआर्जन गर्न सफलभएको छ । यसका साथ साथै संपूर्ण वित्तीय सूचकहरु नियामक व्यवस्था अनुरुपनै राम्रो अवस्थामा रहनुका साथै भविष्यको लागि उत्साह जनक रुपमा रहेका छन ।
लक्ष्मी बैंक एक हरित कम्पनी हो र यसले इन्टरनेट, कार्ड तथा मोवाइल फोन जस्ता प्रविधिका माध्यमको उच्चतम प्रयोग मार्फत हरियाली मैत्री बैंकिङ्ग सेवा प्रदान गर्न सक्षम भएको छ ।
लक्ष्मी बैंकको इन्भेष्टमेण्ट बैंकिङ्ग सेवा प्रदान गर्ने सहायक कम्पनी ‘लक्ष्मी क्यापिटल मार्केट लि.’ सन् २००९ देखि संचालनमा रहेको छ । यसैगरी देस्रो सहायक कम्पनी ‘लक्ष्मी लघुवित्त वित्तीय संस्था लि.’ ले सन् २०१२ को जुन महिनाबाट कारोबार शुरु गरी हाल ४० वटा शाखामार्फत लघुवित्त सेवाप्रवाहगरिरहेको छ ।
लक्ष्मी बैंकले लक्ष्मीभ्यालू फण्ड नामक म्यूचुअल फण्ड सेवाको समेत सफलतापूर्वक संचालन गरिसकेको छ ।