बर्लिन, कात्तिक २७ । आर्सनलमा पूर्व मिडफिल्डर सर्ज ग्नवेरीले डेब्यु गरेको खेलमै ह्याट्रिक गरेसँगै शुक्रबार सन् २०१४ को विश्वविजेता जर्मनीले फराकिलो जित हासिल गरेको छ ।
विश्वकप युरोप छनोटअन्तर्गतको शुक्रबार भएको खेलमा जर्मनीले सानमारिनोलाई ८–० को फराकिलो अन्तरले हराएको हो । सर्ज ग्नवेरीले शुक्रबार भएको खेलमा आफ्नो ह्याट्रिक गरेसँगै उनी जर्मनीको तर्फबाट डेब्यु खेलमा ह्याट्रिक गर्ने सन् १९७६ यताका पहिलो खेलाडी बने । यसअघि सन् १९७६ मा जर्मनीका डाइटर मुलरले आफ्नो डेब्यु खेलमा ह्याट्रिक पूरा गरेका थिए ।
शुक्रबारको खेलमा जोनस हेक्टरले पनि दुई गोल गरेका थिए भने केभिन भोल्याण्डले पनि एकब गोल थपेका थिए । पूर्णरुपमा एकपक्षीय बनेको शुक्रबारको खेलमा सानमारिनोले कुनै पनि आकर्षक प्रहारसमेत जर्मनीको गोलपोष्टमा गर्न सकेन । पूरा खेलमा सानमारिनोले केवल १५ प्रतिशतको समय बल आफ्नो नियन्त्रणमा लिएको थियो ।
शुक्रबारको खेलसँगै जर्मनी आफ्नो समूहमा पाँच अङ्कको अग्रता बनाउनको लागि सफल देखिएको छ । छनोटको शुक्रबारको खेलमा जर्मनीसँगै डेनमार्क, फ्रान्स र इंगल्याण्ड पनि आफ्नो खेलमा जित हासिल गरेका छन् । एजेन्सी