बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

दुई सातामै गोप्रोका ड्रोन फिर्ता

बुधबार, कार्तिक २४ २०७३

काठमाडौ, कात्तिक २४ । गोप्रो कम्पनीले बजारमा सार्वजनिक गरेको १६ दिनमै आफ्नो ड्रोन फिर्ताको निर्णय गरेको छ । कम्पनीले आफ्नो कर्मा ड्रोन फिर्ता गर्ने तयारी गरेको हो । कम्पनीले १६ दिनको अवधिमा बिक्री गरेका सबै २५ सय ड्रोनहरु फिर्ता गर्ने निर्णय भएको हो । 

कम्पनीले आफ्नो ड्रोनमा शक्ति सञ्चय गर्ने क्षमता कमजोर रहेको कारण आफ्ना उत्पादनहरु फिर्ताको निर्णय गरेको  जानकारी दिएको छ । यद्यपि कम्पनीले कुन किसिमको समस्या देखिएको भन्ने विषयमा भने कुनै जानकारी दिएको छैन । 

कम्पनीले आफ्ना उत्पादनहरु फिर्ता बोलाउने निर्णयमा सुरक्षा प्रमुख कारण रहेको बताइएको छ । पछिल्लो तीन महिनाको अवधिमा गोप्रो कम्पनीले राजस्व अनुमान गरेको भन्दा २३ प्रतिशत कमजोर नतिजा हासिल गरेपछि ड्रोनको व्यापारमा विस्तारको जोड दिएको थियो । एजेन्सी