काठमाडौं, २३ कार्तिक । माओवादी केन्द्रको मुख्यालय पेरिस डाँडा ‘कब्जा’ गर्ने डेढसय बढि पूर्व लडाकुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेकपा माओवादी केन्द्रको मुख्यालय पेरिस डाँडा ‘कब्जा’ गरि धर्नामा बसेका ती पूर्व लडाकुहरुलाई प्रहरीले धरपकड गदैं नियन्त्रणमा लिएको हो ।लड़कु ले आफुहरुलाई जनयुद्ध मा होमी अहिले वास्ता नगरेको आरोप लगाउदै आएका हुन् |
महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी प्रधुम्न कार्की नेतृत्वको टोलिले धर्ना बसेका पूर्व लडाकुहरूलाई नियन्त्रणमा लियका थिय।
कार्कीका अनुसार धर्नामा रहेका १ सय ६९ जना पूर्व लडाकुहरुलाई मंगलबार नियन्त्रणमा लिएर पुलिस क्लब, सिंहदरबार बृत्त, महाराजगन्ज र तिनकुने बृत्तमा राखिएको बुझिएको छ ।
सोमबार दिउँसोबाट बर्हिगमित पूर्वलडाकुहरुले माओवादी केन्द्रको केन्द्रीय कार्यालय कोटेश्वरस्थित पेरिसडाँडाको मूल गेटमा बालबच्चासहित ताला लगाएररातभर धर्नामा बसेका थिए ।
दुधे बालबालिकासहित आन्दोलनका लागि आएका करिब तीन सय बर्हिगमित लडाकुले पेरिसडाँडामै बसेर माग सम्बोधन नभएसम्म आन्दोलन गर्ने घोषणा गरेका हुन् ।
केन्द्रीय कार्यालयको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीलाई भित्र कार्यक्रम रहेको भन्दै सानोसानो समूहमा प्रवेश गरेका उनीहरूले जम्मा भइसकेपछि भित्र आफैंले ताला लगाएर कब्जा गरेका थिए ।
बहिगर्मित जनमुक्ति सेना नेपाल लेखेको ज्याकेट लगाएका उनीहरूले माग सम्बोधन नभएसम्म कार्यालय परिसर नछाड्ने अडान लिँदै त्यही बसेका थिए ।
माओवादी लडाकु नेपाली सेनामा समायोजन गर्ने बेला आफूहरुलाई अयोग्य ठहर गरिए पनि आफूहरुलाई अझैसम्म न्याय नदिलाएको र सरकारसँग विगतमा भएका सहमति कार्यान्वयन नगरिएको उनीहरुको आरोप छ ।