काठमाडौं कात्तिक २३
त्रिभुवन विमानस्थलबाट प्रहरीले सुन तस्करीलाई पक्ताउन गरेको छ । रामछापे गोठगाँउ–८ घर भएका ४० वर्षीय खिल बहादुर श्रेष्ठलाई प्रहरीले १ सय ग्राम सहित पक्राउ गरेको हो ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको पार्किङ एरियाबाट उनलाई प्रहरीले विदेशबाट आएका नेपालीहरूबाट संकलन गरिरहेको अवस्थामा उक्त सुन सहित पक्राउ गरेको जनाएको छ । यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाईन्सको उडानद्धारा थाईल्याण्ड जान लागेका काठमाडौ महानगरपालिका–२२ बस्ने ३८ वर्षीय महेशमान महर्जनलाई प्रहरीले सोमबार डिपार्चर एरियामा चेकजाँच गर्ने क्रममा काँस धातु, लेदर स्टिक, ड्रमे स्टिक (पित्तल धातु) र नयाँ नटराज शिवको मूर्ती अवैध रूपमा भन्सार छली गरी लैजाँदै गरेको अवस्था पक्राउ गरेको छ । उनीहरुलाई आवश्यक कारबाहीको लागि विमानस्थल भन्सार कार्यालयमा पठाइएको प्रहरीले जनाकारी दिएको छ ।