काठमाडौं । बिभिन्न २५ वटा शाखा तथा २० वटा एटिम सहित ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको यती डेभलपमेन्ट बैंकले प्रकाशीत गरेको चालु आर्थिक बर्षको प्रथम त्रैमासको बित्तीय बिबरण अनुसार बैंकले आफ्नो नाफालाई उल्लेख्य रुपमा बृद्धि गरी रु ६ करोड ६२ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक बर्षको सोहि अबधीमा बैंकले रु १ करोड ३२ लाख खुद मुनाफा गरेको थियो । गत आ.ब.मा बैंकको रु ३४ करोड ७८ लाख को ऋणात्मक जगेडाकोष रहेकोमा यस आ.ब.को सोहि अबधिमा बैंकले रु ११ करोड ५२ लाख धनात्मक जगेडाकोष कायम गरेको छ । नाफाको बृद्धि संगसगै बैंकले निक्षेप र कर्जामा पनि उल्लेख्य बृद्धि गरी निक्षेप रु १० अर्ब ८२ करोड तथा कर्जा रु ९ अर्ब १२ करोड पुर्याउन सफल भएको छ । गत आ.ब को ८.०२ प्रतिशत खराब कर्जालाई यस आ.ब.मा ४.२९ प्रतिशतमा झार्न सफल भएको यती बैंकले खुद ब्याज आम्दानीमा पनि ११६ दशमलब ९८ प्रतिशत बृद्धि गरी रु ११ करोड ७६ लाख खुद ब्याज आम्दानी गरेको छ ।सेफ्टी सेभिङ्ग, ट्यक्स फ्रि फिक्सड डिपोजीट, रेमिटेन्स फिक्सड डिपोजीट, जेष्ठ नागरीक , नारी बचत जस्ता खाताहरुमा ६ देखि ८.५० प्रतिशत सम्मको आकर्षक ब्याज दर सहितको निक्षेप योजनाहरु तथा ९.९९ प्रतिशत देखि १२ प्रतिशत सम्मको आकर्षक घर कर्जा, जग्गा कर्जा , गाडि कर्जा , शेयर कर्जा , ब्यक्तिगत कर्जा , ब्यापारीक कर्जा जस्ता बिभिन्न कर्जा योजनाहरु प्रस्तुत गरेको छ । बैंकले २ः१ प्रतिशत का दरले हकप्रद शेयर निष्काशनको लागी एन.सि.एम.मर्चेन्ट बैंकिङ्ग लि.लाई शेयर रजिष्ट्रारको रुपमा नियुक्ति गरीसकेको छ ।