काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस काठमाडौं उत्रिएका छन्।
भारत भ्रमण सकेर उनी सरकारको निमन्त्रणमा काठमाडौं आएका हुन्। तीनदिने भ्रमणका क्रममा नेपाल आएका उनी आज बेलुकी स्वास्थ्यमन्त्री विरोध खतिवडाले आयोजना गरेको रात्रिभोजमा सहभागी हुने छन्।
राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग शिष्टाचार भेटवार्तामा महानिर्देशक व्यस्त हुनेछन्।
कोभिड महामारीमा काम गरेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासहित केही स्वास्थ्य केन्द्रको उनले निरिक्षण गर्नेछन्।