बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

किन दिइँदैन एनसिसी बैंक मर्जरको अन्तिम स्वीकृति ?

मंगलबार, कार्तिक २३ २०७३

काठमाडौं ।  करिब एक वर्ष अघि एमओयु भएको र मर्जरमा जान तयार रहेका एनसिसी बैंकलगायतको मर्जर प्रक्रिया अहिले अलपत्रको संघारमा रहेको छ । करिब साढे सात अर्ब चुक्क्ता पुँजी पुर्याउने लक्ष्यले कुमारीसहितको मर्जर टुंगोमा नपुग्ने भएपछि विकास बैंकहरुमात्रै लिएर एनसिसी ठूलो बैंक बन्ने अठोटमा रहँदा अहिलेकोमा बैंकले कुन बाटो लिन्छ भन्ने कुरामा अन्यौल उत्पन्न भएको छ । 
‘नेपाल राष्ट बैंकबाट एनसिसीको व्यवस्थापन सम्हाल्न आएका तीन जना चम्चेले कुबाटो र पैसाको पछि लाग्दा जनताको निक्षेप र लगानीकर्ताको भविष्य अहिले अन्यौलमा जाने सुनिश्चित छ ।’ स्रोतको दाबी छ । 
ती तीन चम्चेमध्ये इश्वरी न्यौपाने, रेशम रग्मी  र लक्ष्मी प्रपन्न निरौलालगायतले एनसिसीकै व्यवस्थापनमा बसेर स्वाद फेरिरहने छन् । यी तीन मध्ये लक्ष्मीप्रपन्न संयोजक हुन । आफ्नो पदको परवाह नगरी बढुवा भएका निरौला एनसिसीमा व्यवस्थापन सम्हाल्न एक पद घटुवा भएर आएका थिए । 
प्रपन्न किन घटुवा भएर आए भन्ने कुरा अमृतबजारले यसअघि नै समाचार प्रकाशन गरेको थियो । उनको धन कमाउ अभियान नै एनसिसी भित्र छिर्नुको मुख्य स्वार्थ थियो । मर्जरलाई अन्तिम रुप नदिने र आफू दाम कमाउने धन्दामा तल्लीन निरौला अहिले नेपालको बैकिंग क्षेत्रका मुख्य माफियाहरुसँगको मिलेमतोमा बैंक धराशयी बनाउने खेलमा जुटिरहेको स्रोतको भनाइ छ । 
ती माफिया हुन् लक्ष्मीबहादु श्रेष्ठ  र जीतबहादुर श्रेष्ठ यी दुवै माफियासँग मिलेर निरौला अहिले मर्जर भाँड्न लागि   परेका छन्  । 
निरौलाले बैकको नाममा रहेको हरिसिद्धी इटा उद्योगको जग्गा बिक्रीका लागि टेण्डर खोलेर कमिसन लिने योजनामा अदालतबाट स्टे अर्डर आए पनि सो आदेशको अवज्ञा गर्दै कानुनको धज्जी उडाउँदै कमिसन खाने तयारीमा जुटेको स्रोतको दाबी छ । 
यसरी नियमन निकायको जिम्मेवार निकायबाट जनताको सम्पतीमा दिनदहाडै खेलवाड गर्दा पनि राष्ट बंैक टुलुटुलु हेरिरहेको छ । निरौलाको करतुतका विषयमा राष्ट बैंकका हरेक विभागमा कुरा नचलेको होइन । एनसिसी व्यवस्थापनबाट यदि निरौला नहटाइए फेरि एनसिसीमा अर्को वित्तीय दुर्घटना हुने उनकै समकक्षीहरु बताउँछन् । 
गत असोज २९ गते कारोबारका लागि अन्तिम स्वीकृति दिने गभर्नरको निर्णयलाई धज्जी उडाई उनी कामै छाडि एनसिसी बैंकको भत्ता खाएर  आराम र घुमफिर तिर लागेका थिए । अन्तिम स्वीकृतिका लागि राष्ट बैंकमा पठाउनु पर्ने कागजातहरु पनि निरौलाले लक्ष्मी र जीतबहादुरको मिलेमतोमा रोकेर राखेको बुझिएको छ । 
पूर्वगभर्नर युवराज खतिवडाको पालादेखि आएको मर्जर नीति मध्ये अन्य वित्तीय संस्थाको मर्जर पारदर्शी भए पनि राष्ट बैंक आफैले नेतृत्व गरेको बैंकको मर्जर टुंगोमा नपुग्नुले राष्ट बैकको कमजोरी छताछुल्ल भएको छ । 
यो मर्जरले गर्भनरको नैतिकतामाथि पनि प्रश्न उठ्ने निश्चित छ । राष्ट बेैंक उच्च स्रोतका अनुसार काममा असफलता र पैसाको पछि लागेका निरौलासहितका पदाधिकारीहरुलाई राष्ट बैकले फिर्ता बोलाई अर्को व्यवस्थापनबाट एनसिसी लगायतका विकास बैंकहरुको मर्जरको अन्तिम स्वीकृति आउने र संयुक्त कारोबार टुंगोमा पुग्ने बुझिएको छ ।। 
मर्जर भाँड्नमा जीतबहादुर र लक्ष्मीबहादुरको पैसा खाएर लागि परेका व्यक्ति बिकेमान सिंह, डा. रामहरि अर्याल, डा. श्रीराम पौडेल लागि परेकोेले यी तीनलाई गभर्नरले कस्तो कारबाही र छानविन गलान त्यो भने हेर्न बाँकी छ  ।