बेइजिङ, कात्तिक २० । चिनियाँ कम्पनी बैदूले सन् २०१८ सम्ममा स्वचालित सवारीहरु चीनमा व्यावसायिकरुपमा व्यापारको लागि तयार पार्ने तयारी सुरु गरेको छ । साथै कम्पनीले नियमित उत्पादन भने आगामी पाँच वर्षको अवधित्रबाट सुरु गर्ने जानकारी दिएको छ ।
अनलाइन सेवा प्रदायक कम्पनीले अहिले विश्वका विभिन्न १८ अनलाइन तथा कार निर्माता कम्पनीले ल्याएको किसिमको योजना अघि सारेको हो । जसमध्ये बैदू भने अग्रस्थानमा रहेको छ । आगामी नोभेम्बर १६ देखि १८ सम्म हुन गइरहेको वोल्र्ड इन्टरनेट कन्फ्रेन्सको आयोजना गर्ने तयारी पनि गरिरहेको छ ।
बैदू कम्पनीले आफ्ना स्वचालित सवारीको परीक्षण पनि गर्ने काम पनि सुरु गर्ने तयारी गरिरहेको छ । यो परीक्षण भने वास्तविक सडकमा गर्ने तयारी गरिएको छ । विश्वका सडकहरुको अवस्था स्वचालित सवारीको लागि उपयुक्त नभएको विश्लेषकहरुले बताइरहेको अवस्थामा बैदूले यस किसिमको योजना अघि सारेको हो ।
यसअघि नै परीक्षणको लागि बजारमा ल्याइएका सवारीहरु पनि सडकको कमजोर अवस्थाको कारण दुर्घटनामा परेका समाचारहरु आइरहेका छन् । बैदू कम्पनीले दिएको जानकारी अनुसार अहिले स्वचालित कार निर्माणको काम करिब ९० प्रतिशत सकिएको र केही परीक्षणपछि यो नतिजा करिब १०० प्रतिशतको हाराहारीमा पुग्ने विश्वास लिएको छ ।
बैदूले आफ्नो स्वचालित सवारीहरुमा पनि क्यामेराको माध्यमबाट पहिचान गर्न सकिने प्रविधिको विकास गर्ने भएको छ । बैदूका यस किसिमका प्रविधिहरु विश्व बजारमा निकै रुचाइएको छ । एजेन्सी