बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

फष्र्ट माईक्रोको त्रैमासिक मुनाफा एक करोड ५० लाख नाघ्यो

आइतबार, कार्तिक ७ २०७३

काठमाडौं
लघुबित्त सम्वन्धी कारोवार गर्दे आएको फष्र्ट माईक्रो फाईनान्सले चालुुु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा नै एक करोड ५० लाख ३९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यो मुनाफा गत आवको सोही अवधिको तुुलनामा झण्डै ४० लाख रुपैयाँले बढी हो । अपरिष्कृत बित्तीय बिवरण अनुसार गत आवको सोही अवधिमा संस्थाले एक करोड १० लाख ६१ हजार रुपैयाँ खुुद मुनाफा कमाएको छ । 
चालुु आजको पहिलो त्रैमासिक अवधिमा दुुई अर्ब ९६ करोड १२ लाख ९४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको संस्थाको चुक्ता पुंजी २६ करोड ४५ लाख रुपैयाँ रहेको रहेको छ । सो अवधिमा संस्थाले दुुई करोड ६५ लाख २८ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । संभावित जोखिम व्यवस्थापन शिर्षकमा ३५ लाख १९ हजार रुपैयाँ रहेको छुुट्याएको संस्थाको निष्क्रिय कर्जा शुन्य रहेको छ भने प्रति सेयर आम्दानी २२ रुपैयाँ ७४ पैसा रहेको छ । अपरिष्कृत बित्तीय बिवरण अनुसार गत आवको सोही अवधिमा संस्थाको कुल कर्जा दुुई अर्ब दुुई करोड ९७ लाख एक हजार तथा खुद व्याज आम्दानी दुुई करोड २० लाख ३७ हजार रुपैयाँ रहेको थियो ।