काठमाडौं
सिटी एक्सप्रेस कम्पनीले दोस्रो चरणको पुरष्कारको बिजेता घोषणा गरेको छ । कम्पनीले सिटी बजाउनुुस काठमाडौमा घडेरी पाउनुुस उपहार कार्यक्रम अन्र्तगतको बिजेता घोषणा गरेको हो ।
विगत १० वर्षदेखि विदेशबाट नेपालमा पैसा पठाउने तथा नेपालमा रकम प्राप्त गर्ने विश्वसनीय मनी ट्रान्सफर सेवा उपलब्ध गराउँदै आएको सिटी एक्सप्रेस मनी ट्रान्सफरले यही दसैँ–तिहार–छठको उपलक्ष्यमा प्रस्तुत गरेको उपहार योजनाका दोश्रो साप्ताहिक विजेताको घोषणा गरेको हो । “ सिटी बजाउनुहोस्, काठमाडौँमा घडेरी पाउनुहोस”उपहार कार्यक्रमबाट हरेक हप्ता एक जना भाग्यशाली विजेताले ३२ इन्च एल.इ.डि. टेलिभिजन उपहार प्राप्त गर्न सक्नेछन । योजनाबाट १ जना भाग्यशाली विजेताले कार्यक्रमको यो साताका दोश्रो भाग्यशाली विजेता आशिष पौडेल रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार पौडेलले ३२ इन्च एल.इ.डि. टेलिभिजन प्राप्त गरेकाछन । उनले कतारबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरमार्पmत् नेपालमा आफन्तलाई रकम पठाएका थिए ।