शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

सभामुख फकाउँदै प्रचण्ड

आइतबार, फाल्गुन ८ २०७८

काठमाडौँ l सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसी टेबल गराउन सभामुख अग्नी सापकोटालाई फकाउन थालेका छन्। भूराजनीतिको दवावमा परेका प्रचण्डले शनिबार एमसीसी टेबल गर्नेबारे सभामुख सापकोटासँग छलफल गरेका छन् । 

नेकपा एकीकृत समाजवादी पार्टी समेत एमसीसी टेबल गर्न दिन सहमत भएपछि प्रचण्ड थप दवावमा परेका छन् ।

शनिबारको भेटमा प्रचण्डले राष्ट्रिय /अन्तराष्ट्रिय परिस्थीति सम्झाउँदै एमसीसी टेबल गरिदिन सभामुख सापकोटालाई आग्रह गरेको स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले समेत सभामुख सापकोटासँग निर्णायक छलफल गर्न प्रचण्डलाई आग्रह गरेका थिए ।

एमसीसी कुनै पनि हालतमा टेबल नगर्ने अडानमा रहेका सभामुख सापकोटा प्रचण्डसँगको भेटपछि केही लचिलो बनेका छन् ।

आज बस्ने सत्ता गठबन्धनको बैठकले एमसीसी टेबल गर्ने /नगर्नेबारे निर्णायक छलफल हुने नेताहरुले बताएका छन् ।