शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

निर्मल निवासप्रति कमल थापाको ऐंठन, पदका लागि राप्रपा नेपाल गठन

आइतबार, फाल्गुन ८ २०७८

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनमा अध्यक्ष पदमा पराजित कमल थापाले राप्रपा नेपाल गठन गरेका छन्। महाधिवेशनमा पराजय भोगीसकेपछि असन्तुष्टि पोखिरहेका उनले राजा ज्ञानेन्द्र शाहले खेल्दा आफू पराजित भएको बताउँदै आएका थिए।

राप्रपासँग एकता गर्नुपूर्व थापा राप्रपा नेपालका अध्यक्ष नै थिए। ‘पराजय स्वीकार गर्न नसक्ने र पदचाहिँ जहिल्यै पनि चाहिने व्यक्तिवादी सोच भएकाले अन्यलाई नै दोष दिने हो’, स्रोतले भन्यो,‘निर्मल निवासले कमल थापालाई कसरी हराउँछ? बरु राजाका नाममा राजनीतिक विरासत बनाउँदै सत्ता साट्ने व्यक्ति होइनन् र?’

निर्मल निवासमाथि थापाको ऐंठन राप्रपा नेपालको घोषणाका क्रममा पनि देखिएको थियो। उनले राजसंस्था राजनीतिभन्दा माथि उठ्न नसकेको आरोप लगाएका थिए।

‘जसले जीवनभर पद र लाभ राजसंस्था हुँदा लियो, मन्त्री बन्नका लागि पार्टी फुटायो उसले त्यहि संस्थामाथि टिप्पणी गर्नु भनेको हास्यास्पदभन्दा केही होइन’, निर्मल निवास निकट स्रोतले भन्यो,‘सत्ता भन्दा केही नदेख्ने व्यक्ति हुन् कमल थापा।’