काठमाडौं। सत्ता गठबन्धनका शीर्ष नेताबीचको बैठक शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा सुरु भएको छ।
शुक्रबार प्रतिनिधि सभामा अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) टेबुल गराउने विषयमा बैठक केन्द्रित हुने बताइएको छ। तर, प्रतिनिधि सभाको आजको बैठकको कार्यसूचीमा एमसीसी राखिएको छैन।
सत्ता गठबन्धनमा एमसीसीका विषयमा सहमति हुन सकेको छैन। विहीबार भएको बैठकमा प्रधानमन्त्री देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई जसरी पनि एमसीसी लानुपर्ने र सदनमा नै आफ्नो मत पक्ष वा विपक्षमा राख्न विकल्प दिएका थिए।
यसैगरी एमसीसीका विषयमा नै सल्लाह गर्नका लागि पत्नी आर्जु राणासहित प्रधानमन्त्री देउवा विहीबारै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका थिए।