बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सबैलाई बुस्टर डोज

आइतबार, फाल्गुन १ २०७८

काठमाडौं। सरकारले आजदेखि १८ वर्षमाथिका सबै नागरिकलाई कोभिड-१९ विरुद्धको बुस्टर डोज खोप दिने भएको छ ।

दोस्रो डोज खोप लगाएका ६ महिना पूरा भएका सबैले आजदेखि बुस्टर डोज लिन पाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बुस्टर डोजको रूपमा उपलब्धताका आधारमा कोभिसिल्ड, एस्ट्राजेनेका, मोडर्ना वा फाइजर खोप दिने निणर्य भएको पनि मन्त्रालयले जनाएको छ ।

यसअघि सरकारले मिक्स म्याचको अवधारणाअनुसार बुस्टर डोजमा फरक-फरक खोप पनि दिएको थियो । कोभिड-१९ संक्रमण भएका व्यक्तिहरूले भने संक्रमणमुक्त भएको एक महिनापछि बुस्टर डोज खोप लिन मन्त्रालयले अनुरोध गरेको छ ।