काठमाडौं । कोभिडका कारण पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ८६४ पुगेको छ ।
त्यस्तै, १३ सय ६९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८ सय ८० पीसीआर परीक्षण गर्दा १ हजार १३ जना र ३ हजार एन्टिजेन परीक्षण गर्दा ३५६ जना गरी १ हजार ३ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार आज २ हजार २ सय ३८ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या २९ हजार ४ पुगेको छ ।