बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

एमालेद्वारा पार्टी नियमावाली संशोधनसहित पारित

बिहिबार, माघ २७ २०७८

काठमाडौँ l नेकपा एमालेले नियमावली संशोधन गरेको छ । एमालेले विधान संशोधन गर्दै केन्द्रका ३३ विभागमा प्रमुख,उपप्रमुख र सचिवसहित प्रत्येकमा ३५ सदस्य रहने व्यवस्था गरेको छ ।

यसअघि एमालेका विभाग २५ सदस्यीय हुने गरेका थिए । नियमावलीले पार्टी सदस्यता शुल्क मासिक १५ रुपैया कायम गरेको छ ।

यस्तै सांसद, मन्त्री, प्रधानमन्त्री तथा संघीय सरकारबाट राजनीतिक नियुक्ति लिने व्यक्तिको लेबी केन्द्रीय कमिटीले तोक्ने तथा अन्य जन प्रतिनिधि र नियुक्ति खाने व्यक्तिको लेबी सम्बन्धित कमिटीबाट तोक्ने व्यवस्था गरिएको छ ।