बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

थप ३ हजार १७५ जनामा कोरोना संक्रमण, १४ जनाको मृत्यु

शुक्रबार, माघ २१ २०७८

काठमाडौँ l नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार १७५ संक्रमित थपिएका छन् ।

१२ हजार ६०५ जनामा गरिएको परीक्षणमा ३ हजार १७५ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १० हजार २६ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ७४२ जनामा कोरोना पुष्टि भएको थियो ।

त्यस्तै २ हजार ५७९ जनाको एन्टिजेन परीक्षण गर्दा ४३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा ८ हजार ७२३ जनाले कोरोनालाई जितेका छन् । १४ संक्रमितको मृत्यु भएको छ ।

अहिले देशभर ६३ हजार २९६ जना सक्रिय संक्रमित छन् ।

नेपालमा थप १४ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ७७८ पुगेको छ ।