काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलको नवौं चरणको खेलहरु आजबाट सुरु हुँदैछ । आज नवौं चरणका दुई खेलहरु हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा एपीएफ क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । यो खेल दिउँसो १ बजे सुरु हुनेछ ।
यस्तै दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । यो खेल पौने ५ बजे सुरु हुनेछ ।
आठौं चरणको समाप्तिमा साविक विजेता मच्छिन्द्र फुटबल क्लब सहिद स्मारक ए डिभिजन लिगको र्शीष स्थानमा छ ।