बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

आइएसओबाट प्रमाणपत्र प्राप्ती संगै एनआईसी एशिया अझै बढि बलियो र बिश्वासिलो

मंगलबार, पुष ६ २०७८

एनआईसी एशिया बैंकले अन्तर्राष्ट्रिय स्तरको सूचना सुरक्षाको प्रत्याभूति गराउने एवं आइएसओबाट मान्यता प्राप्त आइएसओ २७००१ः२०१३ (इन्फरमेसन सेक्युरिटी म्यानेजमेन्ट सिस्टम) मापदण्डको प्रमाणपत्र प्राप्त गरे सगै आमसेवाग्राहीहरुको माझ एनआईसी एशिया बैंक अझै बढि बिश्वासिलो बनेको छ । 
आइएसओ २७००१ मापदण्डको आवश्यकता अनुसार बैंकले आफ्ना ग्राहकहरुको व्यक्तिगत विवरण एवं अन्य जानकारीको सुरक्षामा निरन्तर सुधार गर्ने प्रतिबद्धता एवं त्यस्ता विवरणहरुको सुरक्षणको सुनिश्चितता देखाए वापत बैंकलाई क्वालिटी अस्ट्रियासँग आबद्ध सर्टिफिकेसन एण्ड इन्फरमेसन सेक्युरिटी जिएमबिएचले उक्त प्रमाणपत्र प्रदान गरेको थियो । सोही कारण पनि आमग्राहकहरुमाझ एनआईसी एशिया अझै बढी बिश्वासिलो बनेको हो ।

 

बैंकलाई भविष्यमा अझ सुरक्षित रुपमा ग्राहकहरुको वित्तीय एवं व्यक्तिगत जानकारी संकलन एवं प्रयोग गर्न प्रोत्साहन मिल्ने बिश्वास बैंकले लिएको छ । मुुलुुकको सबैभन्दा ठुलो र बलियो बैंककोरुपमा परिचय बनाउन सफल एनआईसी एशिया बैकले अहिले सबै क्षेत्रमा गरी तीन सय ५८ वटा शाखाहरु, चार सय ७३ वटा एटिएम काउन्टरहरु, ६८ वटा बिस्तारित सेवा केन्द्र्र एवं ८१ वटा शाखा रहित बैंकिङ सेवा मार्फत बित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।