बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एनआईबिएल एस क्यापिटलद्धारा च्याटबोट सेवा सुरु 

बुधबार, मंसिर २२ २०७८

काठमाडौँ l नेपाल ईन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटल लिमिटेडले आफ्ना ग्राहकवर्गहरुको सुविधालाई मध्यनजर गर्दै च्याट बोट सेवा सञ्चालन गरेको छ ।

समय अनुसार प्रविधिमा आएको परिवर्तन एवं ग्राहकवर्गहरुकोआवश्यकतालाई ध्यानमा राखी च्याटबोट सेवा ल्याइएको क्यापिटलले बताएको छ ।

यस च्याटबोट सेवाबाट ग्राहकहरुले कम्पनीको सेवाहरुको बारेमा सजिलै सँग जानकारी लिन सक्नुका साथै भौतिक उपस्थिति बिना नै सेवा लिन सहजहुन सक्ने कुरामा एनआईबिएल एस क्यापिटल लिमिटेड विश्वस्त रहेको बताएको छ ।

परिस्कृत सेवा सुबिधा प्रदान गर्न तथा प्रविधि मैत्री बनाउनका लागि च्याटबोटमा आर्टिफिसियल इन्टेलिजेन्स समेतको प्रयोगले ग्राहकको आवश्यकता अनुसारको सेवा सुविधा दिन सक्ने किसिमले विकास गरिएको क्यापिटलले जनाएको छ ।

यस अघि कम्पनीेले विद्युतीय प्रणाली अनलाईन मार्फत एनआईबिएल सहभागिता फण्ड (खुलामुखी योजाना) का ईकाईहरु खरिद गर्नुका साथै डिम्याट खाता खोल्ने तथा मेरो शेयर दर्ता गर्ने सेवा समेत सुचारु गरिसकेको छ ।