शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

कुमारी बैंकको ‘फोनलोन ईएमआई’ सेवा सुरु

मंगलबार, मंसिर २१ २०७८

काठमाडौँ l कुमारी बैंकले ‘फोनलोन ईएमआई’ सेवा सुरु गरेको छ । बैंकले फोन लोन प्रदान गर्दे उद्देश्य अनुरुप उक्त सेवा सार्वजनिक गरेको हो । 

आज सोमबार पत्रकार सम्मेलन मार्फत बैंकले ईएमआईमा भुक्तानी गर्न मिल्ने फोन लोन योजना सार्वजनिक गरेको हो । यो सेवा पश्चात अब ग्राहकले आफ्नो अनुकूलतामा एक महिना, तीन महिना, छ महिना, नौ महिना र १२ महिनाको समय राखेर ईएमआईका आधारमा आफूले लिएको ऋण भुक्तान गर्न सक्नेछन् । 

बैंकले अहिलेलाई तलब खाता आफ्नोमा हुनेहरुलाई मात्र ऋण उपलब्ध गराउनेछ । ऋण एक हजारदेखि दुई लाख रुपैयाँसम्म उपलब्ध गराईने बैंकले जानकारी दिएकोछ ।

यो सेवा पश्चात अब ग्राहकले मोबाइल बैंकिङको प्रयोग गरी कुनै धितो वा कागजी प्रक्रियाविना नै फोन लोन सुविधा पाउने सक्नेछन । बैकका अनुसार यो सेवा एफवान सफ्टसँगको सहकार्यमा सञ्चालनमा ल्याईएको हो ।