बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

ज्योति विकास बैंकद्वारा प्रिपेड डलर कार्ड सेवाको सुरुवात

मंगलबार, मंसिर २१ २०७८

काठमाडौँ l ज्योति विकास बैंकले विभिन्न विदेशी अनलाईन माध्यमहरूबाट खरिद गरिने सामग्री तथा सेवाको रकम स्वदेशबाटै भुक्तानी गर्न सकिने सुविधा भएको प्रिपेड डलर कार्ड सार्वजनिक गरेको छ । बैंकका ग्राहकहरुले प्रिपेड डलर कार्ड अनलाइनबाटै ब्उउथि गरी १ दिन भित्र भर्चुअल डलर कार्ड प्राप्त गर्न सक्नेछन् । 

बैंकले आईतबार देखि डिजिटल बैंकिंग सेवालाई लाई थप प्रर्वद्धन गर्दै अनलाईमार्फत विदेशबाट वस्तु तथा सेवा खरिद वापतको भुक्तानी गर्ने प्रयोजनको लागि अमेरिकी डलरमा आधारित प्रिपेड डलर कार्ड सेवा सुचारु गरेको हो । प्रिपेड डलर कार्ड सेवा सुरु भए संगै बैंकका ग्राहकहरुले स्वदेशमै रहेर पनि अन्तर्राष्ट्रिय ई–कमर्श प्लाटफर्म मार्फत सुरक्षित ढंगले किनमेल गरि रकम भुक्तानी गर्न सक्नेछन्।

VISA NETWORK मा आधारित यस कार्डमार्फत ग्राहकहरूले वार्षिक अधिकतम ५०० अमेरिकी डलर बराबरको अनलाईन किनमेल गरी भुक्तानी गर्न सक्नेछन्। डलर कार्ड प्राप्त गर्नका लागि केवाईसी विवरण अधावधिक गरिएको बैंक खातासँगै प्यान कार्ड हुनुपर्नेछ । बैंकले कार्ड जारी गर्दा कार्ड शुल्क वापत निश्चित रकम लिनेछ र पहिलोपटक डलर लोड गर्दा निःशुल्क हुने व्यवस्था समेत गरेको छ ।

यो सुविधा बैंकका देश भरिका १०५ वटै शाखा कार्यालयहरु बाट र आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी बैंकको वेबसाइट मार्फत अनलाइनबाटै पनि आवेदन दिई प्राप्त गर्न सकिनेछ । साथै बैंकले डिजिटल बैंकिंग सेवालाई प्रर्वद्धन गर्दै हालसालै ओम्नी च्यानल अवधारणामा आधारित मोबाइल बैंकिङ्ग एप सुचारु गरेको थियो । ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ ।