बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

राष्ट्र बैंकले तीन अर्ब पाँच करोड रुपैयाँ संस्थागत निक्षेप राख्ने

मंगलबार, मंसिर २१ २०७८

काठमाडौँ l बैकिङ प्रणालीमा नेपाल राष्ट्र बैंकले तीन अर्ब पाँच करोड रुपैयाँ संस्थागत निक्षेप राख्ने भएको छ । उपदान तथा पेन्सन कोषमा रहेको रकम तीन सय ६५ दिने मुद्धती निक्षेपकोरुपमा २०७८ पुस एक गतेदेखि २०७९ पुस एक गतेसम्मको लागि राख्न लागिएको राष्ट्र बैकले जनाएको छ । 

राष्ट्र बैंकका अनुसार यसरी राखिने कुल रकम मध्येमा बाँणिज्य बैकहरुको लागि दुई अर्ब ४४ करोड, बिकास बैंकहरुको लागि ४५ करोड ७५ लाख र फाईनान्स कम्पनीहरुको लागि १२ करोड २५ लाख रुपैयाँ रुपैयाँ छुट्याईएको छ । रकम लगानी गर्न चाहाने इच्छुक तथा फाईनान्स कम्पनीहरुले यही मंसिर २१ गते अपरान्ह चार बजेसम्म आफुले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको व्याज समेत उल्लेख गरेर आवेदन दिनुपर्ने छ । 

रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको हुनुपर्ने लगायतका सर्तहरु तोकिएकाछन ।