बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

नेप्सेमा भिषण पहिरो ७२ अंकले घट्दा, सबै सचुक रातै

सोमबार, मंसिर २० २०७८

काठमाडौँ l नेप्सेमा भिषण पहिरो गएको छ । साताको पहिलो कारोवार दिन आज आईतबार नेप्से एकै दिन ७२ दसमलव तीन अंकले घटेर २५ सय १३ दसमलव ८८ अंकमा झर्दा सेन्सिटिभ पनि १४ दसमलव १५ अंकले घटेर चार सय ७३ दसमलव ३७ अंकमा झरेको छ ।

आज दुई सय २६ वटा कम्पनीहरुको ६० हजार ८८ पटकको कारोवारमा ८९ लाख २० हजार आठ सय ९४ कित्ता सेयर किनबेच भएका छन भने कुल सेयर कारोवार रकम चार अर्ब ९ करोड सात लाख ६५ हजार तीन सय २५ रुपैयाँ पुगेको छ ।

आज १३ वटा समुहको कारोवार हुंदा १३ वटै समुहको सुचक घटेर नेप्से राताम्मै भएको छ । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक ४० दसमलव ७३ अंकले घटेर १७ सय चार दसमलव ५२ अंकमा पुग्दा फाईनान्स समुहको सुचक पनि एक सय आठ दसमलव ५४ अंकले घटेर २२ सय ८० दसमलव ७४ अंकमा पुगेको छ ।

निर्जिवन बीमा समुहको सुचक पनि दुई सय ५१ दसमलव १२ अंकले घटेर ११ हजार दुई सय २५ दसमलव १९ अंकमा पुग्दा बिकास बैंक, जलबिद्युत, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुबित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि घटेका छन । 

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा ङादी ग्रुप पावर लिमिटेड रहेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा आईसीएफसी फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा नेशनल हाईड्रो पावर कम्पनी पहिलो स्थानमा परेको छ ।