बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

शुन्य भन्सारको मौका पारेर तेल निर्यात गर्ने ब्यापारी संकटमा पर्ने, भारतले घटायो तेलको आयात कर

सोमबार, कार्तिक १ २०७८

काठमाडौँ । भारतले खाने तेलको कच्चा पदार्थको आयातमा लाग्ने भन्सार महसुल घटाएको छ । यो सँगै तेस्रो मुलुकबाट तेलको कच्चा  पदार्थ आयात गरेर  शुन्य भन्सारमा भारतमा तेल निर्यात गर्ने नेपालका  सिमित उद्योगीहरुको ब्यापारमा प्रभाव  पर्ने देखिएको छ। 

भारतमा बिहिबार देखि नयाँ भन्सार दर कार्यान्वयनमा आएको छ ।  तेलको मूल्यमा भएको भारि बृद्धिलाई कम गर्न भारत सरकारले  तेलको भन्सार दर घटाएको हो । सुर्यमुखी तेलको भन्सार २० प्रतिशतबाट घटाएर ५ र पाल्म तेलमा लाग्ने कर २० बाट घटाएर ७ दशमलव  पाँच प्रतिशत कायम  गरेको छ ।  त्यस्तै सुर्यमुखी तेलको गेडामा २ दशमलव पाँच प्रतिशत भन्सार लाग्ने गरेकामा त्यसलाई पुर्ण रुपमा हटाएको छ।

यसको सिधा असर नेपालका तेल ब्यापारीहरुलाई पर्ने भएको छ ।  नेपालका ब्यापारीले भारतमा आयात हुने कच्चा तेलमा लाग्ने उच्च करको फाइदा उठाउँदै तेस्रो मुलुकबाट कच्चा पदार्थ आयात गरेर सिमा क्षेत्रमा प्रशोधन गरि भारत निर्यात गर्दै आएका थिए । तर, यसले नेपालको तेल मूल्यमा भने कुनै असर  गर्नेछैन ।

भारतले यसरी कच्चा पाम आयल, सोयाबिन तथा सुर्यमुखी तेलमा भन्सार घटाएपछि भन्सार दर फरक भएका कारण नेपालबाट निर्यात गरि फाइदा लिने ब्यवासयिीलाई भने असर पर्ने भएको छ । जसका कारण नेपालबाट भारततपर्फको निर्यात पनि घट्ने भएको छ । किनकि नयाँ ब्यवश्था अनुसार अब नेपालमा भन्दा भारतमै प्रशोधित तेल सस्तो पर्ने छ ।

तेस्रो मुलुकबाट आयात गरिएको कच्चा तेल प्रशोधन गरेर भारत निर्यात गर्दा भन्सार दर फरक परेकै कारणमात्र नेपालका तेल उद्योगीलाई फाइदा भएको थियो ।

अब भारतले भन्सार घटाएपछि नेपालबाट भारततर्फ हुने करिब ७० अर्बको निर्यात प्रभावित भएको छ। पछिल्लो तीन वर्षदेखि नेपालको भारततर्फ सबैभन्दा बढी निर्यात हुने वस्तु खाने तेल रहेको छ । गत आर्थिक वर्षमा नेपालले भारततर्फ ५३ अर्ब रुपैयाँको भट्मासको तेल निर्यात गरेको थियो । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा भट्मास सहित २० अर्बभन्दा बढीको खानेतेल भारततर्फ निर्यात भएको थियो ।