काठमाडौँ l एमाले अध्यक्ष केपी शर्मा ओलीले आफु कुनै निगाह विना जनताको अत्याधिक मत लिएर सरकारमा आउने दाबी गर्नु भएको छ ।
प्रतिनिधी सभाको बैठकमा मंगलबार बोल्दै अध्यक्ष ओलीले आफु कुनै आदेश परमादेशबाट नभइ जनताको बहुमतबाट सरकारमा आउने दाबी गर्नु भयो । उहाले एक महिना सम्म सुतेर बसेको भन्दै सरकारलाइ बधाइ समेत दिनुभयो ।
अब बाकी १५ महिना पनि यसरी नै रमाइलो गरेर विताउनु भन्दै सरकारको कटाक्ष गर्नु भयो ।
हरेक दिन महत्वपूर्ण सदुपयोग गर्नु पर्नेमा वर्तमान सरकारले केहि काम नगरी समय खेर फ्यालेको ओलीको टिप्पणी थियो ।
ओलीले असंवैधानिक, अलोकतान्त्रिक, अपवित्र गठबन्धन बनाएर आफूलाई हटाइएको भन्दै रोष प्रकट गर्नु भयो ।