शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

भाग्यमानी १८ हजारले मात्र पाउने आत्मनिर्भर लघुवित्तले पनि आईपीओ जारी गर्ने

बुधबार, साउन २० २०७८

काठमाडौं। आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणलाई सेयर जारी गर्ने भएको छ। कम्पनीले सेयर जारी गर्ने समय खुलाएको छैन।

दाङमा रजिष्ट्रार कार्यालय भएको कम्पनीले एक लाख ८० हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। कम्पनीले सेयर निष्काशनका लागि बिक्री प्रबन्धकमा सन्राइज क्यािपटल लिमिटेडलाई नियुक्त गरेको छ। 

बिक्री प्रबन्धक सम्बन्धि सम्झौतापत्रमा संस्थाका प्रमुख कार्यकारी अधिकृत सौगतबीर चौधरी र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठले हस्ताक्षर गरेका छन्। 

अब क्यापिटलले कम्पनीको सेयर निष्काशन प्रकृया सुरु गर्ने छ। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि सेयर निष्काशन हुने छ।