काठमाडौं l सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आर्थिक बर्ष २०७७–०७८ मा एक अर्ब ५९ करोड ८७ लाख ९३ हजार चार सय ६५ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्षको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब १९ करोड ८५ लाख चार हजार छ सय ५९ रुपैयाँ रहेको छ ।
हाल चुक्ता पुंजी १२ अर्ब ५७ करोड ६९ लाख २३ हजार एक सय १५ रुपैयाँ रहेको बैंकले आर्थिक बर्ष २०७७–०७८ मा एक खर्ब ४० अर्ब ६३ करोड ८४ लाख ११ हजार चार सय ८४ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब १८ अर्ब ५७ करोड आठ लाख ७७ हजार छ सय ८३ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा तीन अर्ब ६० करोड ८१ लाख ४९ हजार नौ सय ५४ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा दुई दसमलव ७७ प्रतिसत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा तीन दसमलव ५९ प्रतिसत स्प्रेड दर रहेको बैंकको बितरणयोग्य नाफा भने एक अर्ब ५७ करोड ८५ लाख ५० हजार दुई सय चार रुपैयाँ रहेको छ ।
अघिल्लो आवको सोही अवधिमा भने बैंकले ८८ अर्ब ९९ करोड ६२ लाख २८ हजार चार सय ६४ रुपैयाँ निक्षे।प संकलन गरी ७८ अर्ब ९७ करोड ६३ लाख ९५ हजार दुई सय ४५ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुई अर्ब ८८ करोड ४७ लाख ५३ हजार छ सय १७ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा एक दसमलव ५५ प्रतिसत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दसमलव सात प्रतिसत रहेको थियो ।