काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको आईपीओ सर्वसाधारणलाई शेयर बाँडफाँट गरेको २१ दिनपछि मात्र डिम्याट खातामा आएको छ । कम्पनीको आईपीओ जेबीएलबी स्टक कोडबाट डिम्याट खातामा आएको हो ।
कम्पनीको आईपीओ नेप्सेमा सूचिकरण प्रक्रियामा रहेको छ । जीवन विकास लघुवित्तको आईपीओ सूचीकृतका लागी नेप्सेमा डकुमेन्टहरु पठाइसकेको छ । आगामी सातासम्म सूचीकृत हुनसक्ने छ । नेप्सेमा सूचीकरण सम्झौता भएपछि कारोबार दोस्रो दिन देखि नै हुन सक्नेछ ।
जीवन विकास लघुवित्तको आईपीओ १ लाख ८४ हजार ८०१ जनाले १० कित्ताका दरले आईपीओ पाएका छन् भने ५ जनाले ११ कित्ता शेयर पाएका छन् । संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । जसमा ३० हजार ४२० कित्ता कर्मचारीहरुलाई र ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषलाई र बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो ।
जीवन विकास लघुवित्तको आईपीओ नेप्सेमा सूचीकृत भएपछि पहिलो सेयर कारोबार न्युनतम प्रतिकित्ता ३०५ रुपैयाँ २७ पैसा र अधिकतम ९१५ रुपैयाँ ८१ पैसासम्म रेञ्ज तोक्न सक्ने सम्भावना रहेको छ ।