काठमाडौं । नेप्सेले छलाङ मारेको छ । साताको पहिलो दिन आज आईतबार नेप्से ७३ दसमलव ३३ अंकले बढेर २८ सय ९८ दसमलव ४३ अंकमा चढेको छ भने सेन्सिटिभ पनि १३ दसमलव ५१ अंकले बढेर पाँच सय ४३ दसमलव १६ अंकमा चढेको छ । आज दुुई सय २५ वटा कम्पनीहरुको ८२ हजार ४९ पटकको कारोवारमा तीन करोड १५ लाख ८८ हजार आठ सय ५० कित्ता सेयर किनबेच भएकाछन भने भने सेयर कारोवार रकम आठ अर्ब छ करोड १३ लाख ८२ हजार चार सय ९६ रुपैयाँ पुुगेको छ ।
आज १३ वटा समुहको कारोवार हुंदा बै समुहको सुचक बढेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक ४४ दसमलव ७७ अंकले बढेर १९ सय ७२ दसमलव २० अंकमा पुग्दा जलबिद्युुत समुहको सुचक पनि ७६ दसमलव तीन अंकले बढेर २८ सय पाँच दसमलव १७ अंकमा पुुगेको छ । यि बाहेक बिकास बैंक, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुुबित्त, सामुुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि उच्च अंकले बढेकाछन ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा श्री इन्भेष्टमेन्ट एण्ड फाईनान्स पहिलो स्थानमा परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा राष्ट्रिय बीमा कम्पनीको संस्थापक सेयर परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा एनआईसी एशिया बैंक परेको छ ।