काठमाडौ l यो साता सेयर कारोवार रकम घटेको छ । नेप्से यो साता पाँच कार्य दिन नै खुलेको भएपनि अन्तिम कारोवार दिन बाहेक बाँकी दिनहरुमा नेप्से लगातार घटेपछि कारोवार रकम पनि कम भएको हो । सोही आधारमा यो साता नेप्से २८ सय २४ अंकमा पुग्दा सेन्सिटिभ पनि पाँच सय २९ दसमलव ६६ अंकमा पुगेको छ । दुई सय २४ वटा कम्पनीहरुको दुई लाख ५७ हजार तीन सय ८२ पटकको कारोवारमा पाँच करोड ५८ लाख ४८ हजार पाँच सय १३ कित्ता सेयर किनबेच हुदा यो साता कुल कारोवार रकम २३ अर्ब २६ करोड ११ लाख ५१ हजार तीन सय ६१ रुपैयाँ पुगेको छ ।
नेप्सेमा गत साता भने दुई सय २७ वटा कम्पनीहरुको तीन लाख ७७ हजार छ सय २५ पटकको कारोवारमा १० करोड ३३ लाख ८८ हजार छ सय ६६ कित्ता सेयर खरिद बिक्री हुदा कुल कारोवार रकम ३४ अर्ब १६ करोड ५६ लाख ३४ हजार दुई सय ३२ रुपैयाँ पुगेको थियो । नेप्से यो साता पाँच दिन नै खुलेको भएपनि पहिलो, दोस्रो, तेस्रो र चौथो दिन घटेको थियो भने पाँचौं दिन बढेको थियो ।
सो मध्ये पहिलो दिन नेप्से आठ दसमलव ४८ अंकले घटेर २८ सय ३४ दसमलव ५१ अंकमा झरेकोमा सेन्सिटिभ पनि शुन्य दसमलव ३३ अंकले घटेर पाँच सय २८ दसमलव ४५ अंकमा झरेको थियो । दोस्रो दिन पनि नेप्से ११ दसमलव ७८ अंकले घटेर दुई हजार आठ सय २२ दसमलव ७३ अंकमा झरेकोमा सेन्सिटिभ पनि शुन्य दसमलव शुन्य चार अंकले घटेर पाँच सय २८ दसमलव ४१ अंकमा झरेको थियो । तेस्रो दिन पनि नेप्से पाँच दसमलव २४ अंकले घटेर दुई हजार आठ सय १८ दसमलव १० अंकमा झरेकोमा सेन्सिटिभ पनि एक दसमलव ९७ अंंकले घटेर पाँच सय २६ दसमलव ७५ अंकमा झरेको थियो । चौथो दिन पनि नेप्से १६ दसमलव ९७ अंकले घटेर दुुई हजार आठ सय एक दसमलव १३ अंकमा झरेकोमा सेन्सिटिभ पनि एक दसमलव पाँच अंकले घटेर पाँच सय २२ दसमलव २४ अंकमा झरेको थियो । अन्तिम कारोवार दिन भने नेप्से २३ दसमलव ७६ अंकले बढेर दुुई हजार आठ सय २४ दसमलव ८९ अंकमा चढेकोमा सेन्सिटिभ पनि चार दसमलव ४१ अंकले बढेर पाँच सय २९ दसमलव ६६ अंकमा चढेकोे थियो ।
बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा यो साता नेशनल हाईड्रो पावर कम्पनी, नेपाल पुर्नबीमा कम्पनी, अरुण कावेली पावर लिमिटेड आदि परेकाछन भने बढी सेयर कारोवार भएको संख्याको आधारमा नेशनल हाईड्रो पावर कम्पनी, अपर तामाकोशी हाईड्रो पावर कम्पनी, आदि अगाडि परेकाछन । यसैगरी पुंजीकरणका आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल पुर्नबीमा कम्पनी, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि परेकाछन । सेयर सुचीकरण तर्फ भने यो साता सिभिल लघुबित्त बित्तीय संस्था, निर्धन उत्थान लघुबित्त बित्तीय संस्था, साँग्रिला डेभलपमेन्ट बैंक सहितका आधा दर्जन भन्दा बढी संस्थाहरुको बोनस सेयर सुचीकृत भएकाछन ।