बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

यूईएफएको कारबाहीमा इंग्ल्यान्ड

शुक्रबार, असार २५ २०७८

काठमाडौँ । युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले इंग्ल्यान्ड एफएमाथि कारबाहीको प्रक्रिया अघि बढाएको छ ।

युरोकप फुटबलको सेमिफाइनल अन्तर्गत इंग्ल्यान्ड र डेनमार्कबीचको खेलमा खेल भावना विपरित कार्य भएको पाईएपछि यूईएफएले कारबाहीको प्रक्रिया अघि बढाएको हो ।

वेम्बली स्टेडियममा बुधबार राति भएको खेलमा डेनमार्कलाई २-१ ले हराएर इंग्ल्यान्ड फाइनल पुगेको थियो । उक्त खेलमा भएको खेल भावना विपरित घटनाबारे यूईएफएले छानबिन थालेको छ । छानबिनमा दोषी देखिएमा इंग्ल्यान्ड एफए कारबाहीमा पर्ने छ  ।

खेल दौरान डेनमार्कमा गोलकिपर कास्परलाई लक्षित गरि दर्शकबाट ‘लेजर लाइट’ को प्रयोग भएको थियो । खेलको अतिरिक्त समयमा इंग्ल्यान्डका ह्यारी केनले पेनाल्टी प्रहार गर्नु अघि कास्परको अनुहारमा ‘लेजर लाइट’ परेको थियो ।

कास्परले केनको पेनाल्टी रोकेका थिए । तर, रिबाउन्टमा केनले गोल गर्दै इंग्ल्यान्डलाई जित दिलाएका थिए ।

यस्तै राष्ट्रिय गानको दौरान समर्थकले होहल्ला गर्दै अशान्ति फैलाएको र समर्थकले अतिशबाजी गरेको विषयमा समेत यूईएफएले छानबिन सुरु गरेको छ ।

denmark2.JPG

denmark1.JPG