बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

नेपाली बजारमा सामसङको ग्यालेक्सी एम ३२ सार्वजानिक 

बिहिबार, असार २४ २०७८

काठमाडौं । नेपाली बजारमा सामसङले विङ्गमोन्स्टर अन्तर्गत एमसिरिजको अर्को नयाँ स्मार्ट फोन ग्यालेक्सी एम ३२ सार्वजानिक गरेको छ । कम्पनीका अनुसार यसमा ९० हर्ज रिफ्रेस रेटको साथ ६.४ इन्चको एफएचडी प्लस सुपर एमोलिड रहेको छ । यसमा भएको सुविधाले न्यूनतम मोसन ब्लरको साथ प्रयोगकर्तालाई सिनेम्याटिक भ्युको जीवन्त अनुभव समेत प्रदान गर्ने छ । 

यसको स्क्रिन ब्राइटनेस ८ सय निट्सले यस स्मार्टफोनलाई अझै सक्तिशाली एवं ब्राइटेस्ट डिस्प्ले प्रदान गरेको छ । यस्तो सुविधा यस अघि एम सिरिजहरुमा उपलब्ध रहेका थिएनन् । सामसङ मोबाइल नेपालका विजिनेस हेड प्रणय रत्न स्थापितलेसामसङ नेपालमा निरन्तर उत्कृष्ट फिचरहरुका साथ नयाँ नयाँ विशेषता युक्त स्मार्टफोनहरुको विकास गर्न लागि परेको बताए । यसै सिलसिलामा कम्पनीले नयाँ फोन सार्वजानिक गरेको जानकारी दिए । कम्पनीका अनुसार यसमा  ६००० मेगाहर्जको ब्याट्री रहेको छ, जसले गर्दा दिन रात विना अवरोध स्मार्टफोन सञ्चालन गर्न सकिन्छ । यसले २५ वाटको चार्जिङ्गलाई सपोर्ट गर्दछ, त्यसैले यो स्मार्टफोनको खरिदमा १५ वाटको फास्ट चार्जर समेत प्रदान गरिएको छ । यसमा भएको बृहत् ब्याट्रि सुविधाले बारम्बार चार्ज  गरिरहनु पर्ने झन्झटबाट मुक्ति दिने छ । 

कम्पनीका अनुसार यसमा ओक्टा–कोर मिडिया टेक हेलियो जि८० प्रोसेसर रहेको छ, यसले पनि मल्टिटास्किङ्गमा थप सहजता प्रदान गर्ने कम्पनीको दाबी छ । यसमा प्रयोगकर्ताले क्लिकको भरमा आफ्नै एल्बम तथा फिड सुनिश्चित गर्न सक्नेछन् । यस फोनमा २० मेगा पिक्सलको फ्रन्ट क्यामराको साथ ६४ मेगा पिक्सलको क्यामेरा रहेको छ । साथै यसमा भएको ८ मेगा पिक्सल को अल्ट्रा वाईड क्यामेराको सहयोगबाट अभूतपूर्व ल्याण्डस्केप लिन सकिन्छ । त्यसैगरी २ मेगा पिक्सलको माइक्रो लेन्सले क्लोजअप फोटो लिँदा पनि सफा एवं स्पष्ट फोटो लिन सकिन्छ । कम्पनीका अनुसार यो फोन कालो, निलो र सेतो गरी ३ आकर्षक कलरहरुमा उपलब्ध रहेको छ । नेपाली बजारमा यसको मुल्य ४/४६ जिवी क्षमताको भेरियन्टलाइ२४ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ भने ६/१२८ जिवी क्षमताको भेरियन्टलाई२७ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ । यो फोन आधिकारीक सामसङ ब्राण्ड स्टोरहरु तथा रिटेल स्टोरहरुमा उपलब्ध  रहेको छ ।