शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

सर्जियो रामोस पीएसजीमा अनुबन्धित

बिहिबार, असार २४ २०७८

काठमाडौं । स्पेनिस डिफेन्डर सर्जियो रामोस फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा अनुबन्धित भएका छन् ।

बिहीबार पीएसजीले रामोसलाई अनुबन्धित गरिएको जनाएको छ ।

रियल मड्रिडका पूर्व कप्तान तथा डिफेन्डर रामोसले पीएसजीसँग दुई वर्षको सम्झौता गरेका छन् ।

रामोस २०२३ को जुन ३० सम्म पीएसजीमा रहने छन् ।

रामोसले पीएसजीमा ४ नम्बरको जर्सी लगाउने छन् ।

ramos.JPG

स्पेनिस सेन्टर ब्याक रामोसले गत जुनको अन्त्यसँगै रियल छाडेका थिए ।

३५ वर्षीय डिफेन्डर रामोसले १६ वर्ष क्लबमा बिताएर रियल छाडेका थिए  ।

सन् २००५ मा सेभियाबाट उनी रियल आएका थिए ।

रियलमा लिजेण्ड खेलाडीको पहिचान बनाएका उनले क्लबका ६ सय ७१ खेल खेलेका छन् ।

रियलका लागि १ सय १ गोल गरेका रामोसले ४० असिस्ट गरेका छन् ।

रियलबाट उनले पाँच पटक ला लिगा र ४ पटक च्याम्पियन्स लिगको उपाधि जिते ।

फिफा क्लब विश्वकप र स्पेनिस सुपर कप ४/४ पटक जित्दा यूईएफए सुपर कप ३ पटक जितेका छन् ।

यस्तै कोपा डेल रे दुई पटक जितेका छन् ।

ramos2.JPG