भक्तपुर । भक्तपुर नगरपालिका–१ श्रृजनानगर बस्ने ६१ वर्षीय राजाराम कासुलाको घरबाट नगद १ लाख ५० हजार रूपैयाँ र सुनको बिभिन्न गहना समेत गरी करिब ५ लाख ७ हजार ५ सय रूपैयाँ बराबरको धनमाल आइतबार बिहान चोरी भएको छ ।
चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।