बर्दिया । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मधुवन नगरपालिका–९ बेलटाँडी गाउँ बस्ने ५७ वर्षीय कर्ण बहादुर कामीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
कामीले ती बालिकालाई उनकै घरमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी ताराताल र जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।