काठमाडौं । मकवानपुर, हेटौंडा उपमहानगरपालिका–१ स्थित राप्ती होटलबाट ४ सय ५० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित ४ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हेटौंडा उपमहानगरपालिका–११ बस्ने २४ वर्षीय ठाकुर गजुरेल, २० वर्षीय हिमाल बर्तौला, सोही उपमहानगरपालिका–१ चौकीटोल बस्ने २७ वर्षीय बिशाल पौडेल र सोही उपमहानगरपालिका–४ हुप्राचौर बस्ने ३० वर्षीय सोजन जोशी रहेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
नवलपरासी (पूर्व), मध्यबिन्दु नगरपालिका–१० स्थित सडकबाट नियन्त्रित लागूऔषध नाईट्रोभेट ३ सय ट्याब्लेट, स्पास्मो ३ सय ९३ क्याप्सुल, डाईजेपाम १० एम्पुल, फेनरागन १० एम्पुल, नुफिन १० एम्पुल र नगद ४८ हजार ८२ रुपैयाँ सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मध्यबिन्दु नगरपालिका–१० बस्ने ३४ वर्षीय राकेश पाण्डे र सोही ठाउँ बस्ने २६ वर्षीय बिशाल पाण्डे रहेका छन् । बा.४० प ३९९३ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी अरुणखोलाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध तथा नगद सहित फेला पारी पक्राउ गरेको हो ।
झापाको बाह्रदशी गाउँपालिका–२ स्थित बुट्टाबारीचोकबाट करिब ३ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने २३ वर्षीय कुल बहादुर कडेललाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
बाँकेको नरैनापुर गाउँपालिका–३ बालापुरबाट करिब ५० ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित राप्ती सोनारी गाउँपालिका–४ भवानीपुर बस्ने ४० वर्षीय बीर बहादुर केसीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय भगवानपुरबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।