काठमाडौं । पर्सा जिल्लाको बिरगंज महानगरपालिका १७ अलौस्थित सीमा ईलाकाबाट जेठ १८ गते सशस्त्र प्रहरीले ४ सय ७७ बोतल कोरेक्स नामक लागूऔषध बरामद गरेको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिले सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट अलौबाट खटिएको सशस्त्र प्रहरीलाई देख्नसाथै निजले बोकेको झोला सोही ठाउँमा छाडी फरार भएपछि उक्त झोलामा जाँच गर्दा उल्लेखित लागूऔषध फेला परेको थियो ।
यसैगरी सिरहा जिल्लाको भगवानपुर गाउँपालिका ४ स्थित सीमा ईलाकाबाट जेठ १९ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषध बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट ईनरुवाबाट खटिएको सशस्त्र प्रहरीले फेनारगन ७० वटा, डाईजेपाम ७० वटा, नोफिन ७० वटा, डाईलेक्स डिसी १३ बोतल र ३ सय वटा नाईट्राभेट ट्याब्लेट बरामद गरेको हो ।
उक्त लागूऔषध ल्याउने व्यक्ति सशस्त्र प्रहरीलाई देख्नासाथै सोही ठाउँमा छाडी फरार भएका थिए । बरामद लागूऔषध नेपाल प्रहरीलाई बुझाईएको छ ।