बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

उषा उप्रेती र डिमन क्षेत्रीको अभिनयमा ‘माया ‘सार्वजनिक

आइतबार, जेष्ठ २ २०७८

काठमाडौं ।  गायक प्रताप दास र गायिका अनु चौधरीको स्वरमा रहेको माया गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम र रोमान्सलाई गीतमा समावेश गरिएको छ ।
प्रेम र समपर्णलाई समेटिएको कारणले आम दर्शक तथा स्रोताको मनमा गीत बस्न सफल हुनेमा आशावादी रहेको गीतका प्रस्तुत कर्ता मनोज कार्कीले बताए । गोविन्द कुईकेलको शब्द तथा डिवि लामाको सगीत गीतमा छ ।
संकल्प भुजेलको छायाँकन, तेकेन्द्र शाहको सम्पादन तथा सजन कटेलको निर्देशन भिडियोमा रहेको छ । प्रेम र रोदनको भावमा उषा उप्रेती र डिमन क्षेत्रीको अभिनय भिडियोमा देख्न सकिन्छ । 

song1.JPG

song2.JPG

song.JPG