बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

बिशाल बजार कम्पनीको शेयरमूल्य १० प्रतिशतको नेगेटिभ सर्किट

मंगलबार, बैशाख २८ २०७८

काठमाडौं । पछिल्लो समय निरन्तर उच्च दरमा घट्दै आएको बिशाल बजार कम्पनीको शेयरमूल्य मंगलवार पनि १० प्रतिशतले घटेको छ । यो दिन प्रतिकित्ता रू. ५४४ ले घटेर कम्पनीको अन्तिम मूल्य रू. ४ हजार ८९७ मा झरेको हो । 

वित्तीय विवरणहरु समयमै उपलब्ध नगराएका कारण गत माघ १९ गतेदेखि रोक्का रहेको कम्पनीको करिब ३ महिनापछि बैशाख ८ गतेदेखि कारोबार खुला भएको हो । कारोबार सूचारु भएदेखिनै निरन्तर मूल्य बढेर रू. ७ हजार ४६२ सम्म पुगेपछि कम्पनीको शेयरमूल्य निरन्तर घटिरहेको छ । पछिल्लो समय बैशाख २३ गतेदेखि कम्पनीको शेयरमूल्य घटिरहेको हो ।