बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

प्रतिक पौडेलको ‘एउटा गीत’ मा मनिष र सुन्दरी आरजुको रोमान्स

सोमबार, बैशाख २० २०७८

काठमाडौं ।  गायक प्रतिक पौडेलको ‘एउटा गीत’ बोलको भिडियो सार्वजनिक गरिएको छ । प्रतिककै शब्द, संगीतमा समावेश गीतको भिडियोमा मनिष श्रेष्ठ र सुन्दरी मोडल आरजु बैजुको अभिनय रहेको छ । भिडियोमा आँफुले मन पराएकी सुन्दरी आरजुसँग बिताएका रमाइला पलहरुका मिठा मिठा क्षणहरुलाई मनिषले यात्राको क्रममा कल्पना गरेका दृश्यहरुलाई निर्देशक शिशिर खातीले कलात्मक शैलीमा प्रस्तुत गरेका छन् । 
करिब पाँच दर्जन म्यूजिक भिडियोको निर्देशन गरिसकेका निर्देशक खातीले भिडियोबाट धेरै आशा गरेको बताए । उनले फिल्म लभ स्टेशनका सबै गीतमा कोरियोग्राफी गरिसकेका छन् भने आर्यन सिग्देलको चचहुई, साम्रात्री राज्यलक्ष्मी शाहको तिमी सँगको पनि कोरियोग्रफी गरिसकेका छन् ।
फिल्ममा कोरियोग्राफीका अलावा म्यूजिक भिडियोमा पनि निर्देशन र कोरियोग्राफीलाई एकसाथ अगाडि बढाइरहेका निर्देशक खाती पछिल्लो समयका ब्यस्त म्यूजिक भिडियो निर्देशक पनि हुन् । शंकल भुजेलको छायांकन रहेको भिडियोको सम्पादन बनिश शाहले गरेकाहुन् । भिडियो फ्ल्याग अन क्राफ्ट स्टुडियोबाट बजारमा आएको हो ।

भिडियो लिंक

https://www.youtube.com/watch?v=TpfurpxXCuk