बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

‘अक्कड बक्कड बम्बे बो’ सार्वजनिक

बिहिबार, बैशाख २ २०७८

काठमाडौं ।  मेलवर्न बस्ने कपिल तथा सागरको लेखन र प्रस्तुतीमा ‘अक्कड बक्कड बम्बे बो’ बोलको नयाँ ¥याप गीत सार्वजनिक भएको छ । मेक मनी रेकर्डस्ले यस गीत तयार गरेको हो । मुख्य निर्माता मिस्ट चाम्ब्लिङले मिक्सिङ तथा मास्टरिङ गरेको गीतको भिडियो वकाव भिजुयल्स र बाबा फिल्मस् प्रडक्सनले गरेको हो ।  गीतको भिडियोलाई युट्युबमा ५० हजारभन्दा धेरैले हेरिसकेका छन् । 
ऋषि सुफीले भिडियोको निर्देशन तथा कोरियोग्राफी गरेका छन् । त्यसैगरी रपिल महर्जन, रमेश चौधरी, अनिश गौतम, साकार शाही र सञ्जय बाबाले भिडियो छायाँकन गरेका छन् । भिडियोमा आरती श्रेष्ठ, बुनु तामाङ, आशिष भुजेल, प्रशान्त तामाङ, सरुना श्रेष्ठ, आशिष हिडो, युनिक लामा, सुनिता घतानी, सिसम विक, प्रनिशा सुनवार,उषा भट्टराई, त्रिजा पाण्डे, प्रिया राना र सिजना श्रेष्ठले नृत्य गरेका छन् । 

भिडियो लिंक

 https://www.youtube.com/watch?v=YfWYZHHCs88

aakad bakkad.PNG