बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

राज र बिष्णु  फिचर्ड ’जलेर खरानी’ सार्वजनिक 

मंगलबार, चैत्र ३१ २०७७

काठमाडौं ।  गायक राज लिम्बुले आफ्नो नयाँ गीत ’जलेर खरानी’को म्युजिक भिडियो सार्वजनिक गरेकाछन् । सेन्टिमेन्टल भर्सनको यस गीतमा प्रेमीले प्रेमिका प्रति प्रेम भाव दर्शाएकाछन् । यस गीतमा स्वर, शब्द र संगीत स्वयम् गायक लिम्बुको रहेको छ । यस गीतलाई पुष्कर सुनुवारले संगीत संयोजन गरेकाहुन् । 

song.JPG

नयाँ वर्ष  मनाउन प्रेमीको घर आइरहेकी प्रेमिकालाई रया्क गर्दा प्रेमिकाले ज्यान गुमाउनु पर्दाको पश्चताप र पिडा म्युजिक भिडियोमा प्रस्तुत गरिएको छ । म्युजिक भिडियोमा पहिलो पटक गायक लिम्बु फिचर्ड भएकाछन् । यसका साथै भिडियोमा बिष्णु कट्टेल र प्रेम तामाङको समेत भिडियोमा अभिनय देख्न सकिन्छ । बिष्णुको अभिनय तारिफ योग्य छ । 
इजरायलमा छायांकन भएको यस गीतको भिडियोलाई सन्तोष माबोको छायांकन, सम्पादन र निर्देशनमा तयार पारिएको हो । गायक लिम्बुको आधिकारिक च्यानल ’राज लिम्बु’ मार्फत भिडियो सार्वजनिक गरिएको हो । 

भिडियो लिंक

YT LINKM httpsM÷÷youtu=be÷Qi9Jz0kwJnU

song1.JPG