बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

बजेट अभावले चीनमै रोकिए २५ वटा विद्युतीय बस

आइतबार, फाल्गुन १६ २०७७

काठमाडौं । चीनमा  तयार  भएका  २५  वटा विद्युतीय  बस आर्थिक  अभावका  कारण  नेपाल  ल्याउन सकिएको  छैन । सुन्दर  यातायातले  दुई  वर्षअघि  निर्माण  गर्न लगाएको  २५  वटा  बसको  भुक्तानी  गरिसेकेको  छ  तर  भन्सार कर बुझाउन आवश्यक रकमको जोहो गर्न नसकेपछि बसहरू चीनमै रोकिएका छन् ।

करिब ६ महिनाको बन्दाबन्दीले योजनाअनुसार काम गर्न नपाएपछि आर्थिक समस्या हुन पुुगेको सुुन्दर यातायात प्रालिले जनाएको  छध्र  ४०  सिट  क्षमताका  २५  वटा  बसहरू  तयारी अवस्थामा  छन् ।

कम्पनीले  ल्याउन  ताकेता  गरिरहेको  छ  तर भन्सार  करको  जोहो  गर्न  नसक्दा  आफूहरू  समस्यामा  परेको सुुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले बताए । आजको गोरखापत्र दैनिकबाट