बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

ला लिगा : बार्सिलोनालाई काडिजको चुनौती

आइतबार, फाल्गुन ९ २०७७

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा आज उपाधि दाबेदार बार्सिलोनाले काडिजसँग प्रतिस्पर्धा गर्दैछ ।

बार्सिलोनाले घरेलु मैदानमा काडिजसँग खेल्नेछ । बार्सिलोना र काडिजबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ ।

घरेलु मैदानमा बार्सिलोना सहज जित निकाल्ने लक्ष्यमा हुनेछ ।

बार्सिलोना २२ खेलबाट ४६ अंक जोडेर लिगको तेस्रो स्थानमा रहेको छ ।

घरेलु मैदानमा जित निकाल्दै बार्सिलोना शीर्ष दुई टोलिमाथि दबाब कायम राख्न चाहन्छ ।

काडिज २४ अंक जोडेर लिगको १५ औं स्थानमा रहेको छ ।

बार्सिलोनालाई हराएर काडिज पनि अंक तालिका सुधार गर्न चाहन्छ ।

ला लिगा अन्तर्गत नै रियल सोसीडाडले डिपोर्टिभो अल्भेससँग खेल्नेछ ।

यस्तै ग्रानडाले हुएस्कासँग खेल्नेछ ।