बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अवैध लागूऔषध सहित पक्राउ   

बिहिबार, फाल्गुन ६ २०७७

कपिलवस्तु । कृष्णनगर नगरपालिका ८ लोहरौला चोकबाट करिब १ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित शिवराज नगरपालिका १० लालपुर बस्ने ३६ वर्षीय हरि नारयण गुप्तालाई बुधाबर राति प्रहरीले पक्राउ गरेको छ । 

कृष्णनगरबाट चन्द्रौटातर्फ जाँदै गरेका गुप्तालाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तु र ईलाका प्रहरी कार्यालय बहादुरगंजबाट खटिएको प्रहरीले उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।