बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

भागरथीको आरोपी जेल जानु नपर्ने

बिहिबार, फाल्गुन ६ २०७७

 २० दिनले उमेर नपुग्दा सजाय आधा

बैतडीकी भागरथी भट्टको बलात्कार र हत्या अभियोगमा पक्राउ परेका व्यक्ति नाबालिग रहेको पाइएको छ । पक्राउ परेका दिनेश भट्ट एसईई परीक्षा उत्तीर्ण गरेको प्रमाणपत्र अनुसार १६ वर्ष पूरा हुन बाँकी रहेको देखिएको हो ।

स्थानीय भूमिराज माध्यमिक विद्यालय चडेपानीका अनुसार एसईईको प्रमाण पत्रमा दिनेशको जन्म मिति २०६१/११/१० उल्लेख छ । नागरिकता बनाउन उमेर नपुगेकाले प्रहरीले विद्यालयबाटै जन्म मिति प्रमाणित गर्ने तयारी गरेको छ ।

घटना भएको दिन (वारदात समय) माघ २१ गतेलाई आधार मान्दा दिनेश १६ वर्ष पुग्न २० दिन बाँकी रहेको देखिन्छ । अभियोग पुष्टि भएमा उनले पाउने सजायमा अब बालबालिका सम्बन्धी ऐन २०७५ समेत आकर्षित हुने भएको छ ।

१८ वर्ष उमेर नपुगेका व्यक्तिलाई नाबालिग मानिन्छ । १६ वर्ष मात्र उमेर पुगेको भए पनि ७५ प्रतिशत सजाय हुने व्यवस्था छ ।सरकारी वकिलको कार्यालयका एक अधिकृतका अनुसार उमेर पूरा हुन केही घण्टा बाँकी रहँदा समेत बालबालिकासम्बन्धी ऐन आकर्षित भएको नजिर छ ।