बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

कोरोनाको पहिलोभन्दा दोस्रो ‘डोज’ महत्वपूर्ण

बुधबार, फाल्गुन ५ २०७७

काठमाडौं :   चिकित्सकले कोरोना विरुद्धको खोपको दोस्रो डोज पहिलोभन्दा महत्वपूर्ण हुने बताएका छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवारोग विशेषज्ञ डा अनुप बाँस्तोलाले दोस्रो डोज लगाएपछि मात्रै शरीरमा राम्रो एन्टिबडी बन्ने बताए। 

उनले भने, ‘अहिले धेरैले पहिलो डोज खोप मात्रै लगाउनुभएको छ। हाम्रोमा अझै दोस्रो डोज खोप सुरु भएको छैन, दोस्रो डोज नलगाउँदासम्म खोपले राम्रोसँग काम नगर्न सक्छ।’ खोप लगाएको दुईदेखि ४ हप्तापछि मात्रै खोपले काम गर्ने पनि उनले बताए।

यस्तै डा बाँस्तोलाले कोरोनाविरुद्ध खोपमा धेरैमा भ्रम रहेकाले त्यसमा नपर्न उनले सुझाव पनि दिए। भने ‘बर्सेनि निमोनियाविरुद्ध खोप लगाउने गर्छन् तर ती खोपको प्रभावकारिता कति छ भनेर कहिल्यै खोजिँदैन। तर यी खोपको प्रभावकारिता प्रतिशत जम्मा ६० हो।’

विभिन्न अध्ययनले कोभिसिल्डको प्रभावकारिता भनेका र डबल डोज लगाउँदा शंका नगर्न पनि उनले सुझाए। खोप लगाउँदैमा संक्रमण नहुने भन्ने ग्यारेन्टी नभए पनि संक्रमण भइहाले पनि गम्भीर असर नपार्ने र निमोनिया पनि नदेखिने पनि अध्ययनहरूले जनाएका उनले बताए। 

कोरोना भाइरसको मुख्य जोखिमयुक्त समूह भनेको दीर्घ रोग भएका र ज्येष्ठ नागरिक भएकाले खोपको अबको प्राथामिकतामा उनीहरूलाई राख्नुपर्ने बताए। खोप लगाइसकेपछि पनि सामाजिक मापदण्ड पालना गर्नुपर्ने र खोप लगाएपछि कोरोना लाग्दैन भन्न नसकिने पनि उनले बताए।