बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

कुटपिट गरी आफ्नै बाबुको हत्या गरेको अभियोगमा पक्राउ

शनिबार, फाल्गुन १ २०७७

काभ्रेपलाञ्चोक,कुटपिट गरी आफ्नै बाबुको हत्या गरेको अभियोगमा पाँचखाल नगरपालिक (७ जोरपिप्ले बस्नेआ ३८ वर्षीय राजु गौतमलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
राजु र उनका बाबु ५५ वर्षीय बलराम गौतमबीच घरायसी विषयमा विवाद भएपछि राजुले कुटपिट गर्दा बलरामको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पाँचखालबाट खटिएको प्रहरीले राजुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।